धेरै पहिला लेखेको एउटा गजल
- सन्दीप गौतम
गजल
मलाई यस्तो सफरमा दौडिन भनिएको छ
जहाँ गन्तव्यको अन्तिम रेखा मेटिएको छ
सधै फैसलाको आधार कमसल भेटिएपछि ,
नजिर बनेर यसपटक ऐना उभिएको छ
यो लालचको सहरमा यि मान्छेहरूको
सबथोक कमाउँदा जिन्दगी बेचिएको छ
सर्कसको खेल हो जिन्दगी बर्षौदेखि
अरुलाई झुक्क्याउँदा आफुपनी झुक्किएको छ
प्रेम थियो या बियोग यो भन्नै सकिएन
अन्तिम पत्र पनि रगतले लेखिएको छ
धेरै पहिला लेखेको एउटा गजल
- सन्दीप गौतम
गजल
एउटै गलत काम नै जिन्दगीमा हरघढी गरियो
गरियो केबल कमजोरी लुकाउने कमजोरी गरियो
समयले आज आगोसँग मित्रता गासिदिएको छ
कुनै बेला यार फुलसँग पनि दुस्मनी गरियो
एकदिन यि फकिरहरुले यो कुरा पनि सोच्नेछन््
यहाँसम्मको यात्रा फगत के का लागी गरियो ?
आँखैमा राखेको तस्बिर एकाएक पराई बनिदियो
जसलाई आफ्नो बनाउन हिजो सकेजती गरियो