gajal1
धेरै पहिला लेखेको एउटा गजल
- सन्दीप गौतम
गजल
मलाई यस्तो सफरमा दौडिन भनिएको छ
जहाँ गन्तव्यको अन्तिम रेखा मेटिएको छ
सधै फैसलाको आधार कमसल भेटिएपछि ,
नजिर बनेर यसपटक ऐना उभिएको छ
यो लालचको सहरमा यि मान्छेहरूको
सबथोक कमाउँदा जिन्दगी बेचिएको छ
सर्कसको खेल हो जिन्दगी बर्षौदेखि
अरुलाई झुक्क्याउँदा आफुपनी झुक्किएको छ
प्रेम थियो या बियोग यो भन्नै सकिएन
अन्तिम पत्र पनि रगतले लेखिएको छ
No comments:
Post a Comment