Monday, August 8, 2016

गजल

.....गजल........
जब समयले आफ्नो गति मिलाउन सक्दैन
जिन्दगीले सजिलै चित्त बुझाउन सक्दैन
<<
भो,आफैलाई राखी चिट्ठी नलेख उसलाई,
उसले तिमिलाई जबाफ पठाउन सक्दैन
<<

सोँच्छु,त्यो ऐना पनि रुपकै भोगी हुनुपर्छ,
 र त तिम्रो असली चरित्र देखाउन सक्दैन
<<
केहि सपनाहरु त छाँयाजस्ता हुँदा रहेछन्,
मान्छे नजिकै त पुग्छ,भेट्टाउन सक्दैन
<<
बालकको हसिलो मुहार पढेर आएको छुँ

अब तिम्रो मुस्कानले झुक्याउन सक्दैन