.....गजल........
जब समयले आफ्नो गति मिलाउन सक्दैन जिन्दगीले सजिलै चित्त बुझाउन सक्दैन
<<
भो,आफैलाई राखी चिट्ठी नलेख उसलाई,
उसले तिमिलाई जबाफ पठाउन सक्दैन
<<
सोँच्छु,त्यो ऐना पनि रुपकै भोगी हुनुपर्छ,
र त तिम्रो असली चरित्र देखाउन सक्दैन
<<
केहि सपनाहरु त छाँयाजस्ता हुँदा रहेछन्,
मान्छे नजिकै त पुग्छ,भेट्टाउन सक्दैन
<<
बालकको हसिलो मुहार पढेर आएको छुँ
अब तिम्रो मुस्कानले झुक्याउन सक्दैन
No comments:
Post a Comment