गजल,,,
-सन्दीप गौतमआफ्नै अङ्गले पनि समानता सिकाएको छैन
आँखाहरु रसाए जति ओँठ मुस्कुराएको छैन
<><><><>
बादलले पुरै घाम छेक्दा पनि उज्यालो आएजस्तै,
तिम्रो याद यो मनमा अझै पनि हराएको छैन
<><><><>
आँखा ब्न्द गर्दा यहाँ सधै अँध्यारो आइरह्यो,
आँखा खोल्दा भने सधै उज्यालो आएको छैन
<><><><><>
आफ्नै आँखा अगाडी घर ढलेको सपना देखेपछी,
त्यो बालकले कहिल्यै बालुवामा घर बनाएको छैन
<><>
देख्दा थोरै लाग्ने यि जिन्दगीका अक्षरहरु
यो उमेरको किताबमा कहिल्यै पनि अटाएको छैन